औषधी पसलको अनुगमन

नेपालगञ्ज । पछिल्लो समयमा बजार अनुगमनलाई तीव्रता दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले कोरोनाका सिरियस विरामीहरुले प्रयोग गर्ने “रेम्डीसिभिएर” नामक औषधीको अभाव भइरहेको र बजारमा चर्को मुल्यमा बिक्रि भइरहेको आम गुनासो आइरहेका बेला आइतबार विभिन्न औषधी पसलहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा कोहलपुर मेडिकल कलेजभित्र संचालनमा रहेको गौतम बुद्ध नेपालगञ्ज फार्मेशी प्रा.लि.कोहलपुर डिपोमा बैशाख महिनामा मात्र विभिन्न कम्पनीका ३ सय ६६ थान “रेम्डीसिभिएर” औषधी खरिद भइ आएको देखिएकोमा सो औषधि क(कसलाई, कुन(कुन मितिमा, कुन(कुन बिल नं। बाट, के(कति रकममा बिक्री वितरण गरेको जानकारी माग गरिएको छ ।

साथै सोको विवरण तीन दिनभित्र कार्यालयमा पेश गर्न निर्देशन दिईएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

विवरण प्राप्त भएपछि मात्र “रेम्डीसिभिएर” को कालोबजारी भए र नभएको भन्न सकिने उहाँले बताउनु भयो । आइतबारको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल र सोहि कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाईं, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका धन बहादुर बोहरा र लोकेश गिरी, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक कमल बहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो ।

Previous articleबाँके बर्दिया मैत्री समाज र गैर आवासीय नेपाली संघ जापानद्धारा भेरी अस्पताललाई साढे पाँच लाख सहयोग
Next articleप्रहरीद्वारा अवैध सामान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here