प्रहरीद्वारा अवैध सामान बरामद

नेपालगन्ज । भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी ल्याई वेवारिसे सामान बाँके प्रहरीले बरामद गरेकाे छ ।

आईतबार साँझ साढे ५ बजेको समयमा नेपालगंज उपमहानगरपालिका वडा नं.०८ रानी तलाउ सब्जि मण्डि नजिकबाट उक्त सामान बरामद गरेकाे प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी ल्याई वेवारिसे अवस्थामा छोडिएका मालसामनहरु फेला पारेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको हाे ।

यस्ता सामानहरू बरामद भएका हुन ।
१. माउन्टेन ड्यु :- ६२ बोत्तल, प्रति बोत्तल रु.१५०।- का दरले हुने रु.९,३००।-
२. Real जुस: ५ कार्टुन, प्रति कार्टुन रु.४००।- का दरले हुने रु.२,०००।-
३. पास्ता :- २० के.जि., प्रति के.जि. रु.७०।- का दरले हुने रु.१,४००।-
४. सुपर पावर सुर्ति :- ७०० पोका, प्रति पोका रु.१८०।- का दरले हुने रु.१,०५,०००।-
५. बिडि :- ९६ पोका, प्रति पोका रु.१५०।- का दरले हुने रु.१४,४००।-
६. चिनि :- ५० के.जि. प्रति पोका रु.८०।- का दरले हुने रु.४,०००।-
७. प्रिमियम धुप :-४५ प्याकेट, प्रति पोका रु.१६०।- का दरले हुने रु.७,२००।-
८. कमला पसन्द :-४९ पोका, प्रति पोका रु.२६०।- का दरले हुने रु.१२,७४०।-।-
९. डबल बल्याक पान मसला :- ७० पोका प्रति पोका रु.७०।- का दरले हुने रु.४,९००।–
१०. स्विट सुपारी :- १२० पोका प्रति पोका रु.७०।-का दरले हुने रु.८,४००।-
११. सिक्का हिंग पान मसाला :- ३६ डिब्बा प्रति पोका रु.२००।- का दरले हुने रु.७,२००।-
१२. अचार :-१० डिब्बा प्रति पोका रु.२००।- का दरले हुने रु.२,०००।–
जम्मा अं.मूल्य रु.१,७८,५४०।– ( एक लाख अठहत्तर हजार पाँच सय चालिस )

Previous articleऔषधी पसलको अनुगमन
Next articleबाँकेमा फेरि एक हप्ता निषेधाज्ञा बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here