साँसद अथक’ द्धारा अक्सिजन सिलिण्डरका लागि ३० लाख बिनियोजन

नेपालगञ्ज । संघीय साँसद महेश्वर गहतराज ‘अथक’ले बाँकेका तीन वटा स्थानीय तहलाई अक्सिजन सिलिण्डर खरिदका लागि ३० लाख रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

कोरोना महामारीको चपेटमा परेको बाँकेवासीको सुविधाका लागि साँसद अथकले ३० लाख रकम छुट्याउने बताउनुभएको हो ।

बाँके निर्वाचन क्षेत्र नं-१ बाट निर्वाचित साँसद अथकले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुर, नरैनापुर र राप्तीसोनारी गाँउपालिकालाई अक्सिजन खरिदका लागि ३० लाख रकम उपलब्ध गराउन लाग्नुभएको हो ।

साँसद अथकका सचिवालय सचिव शिव सुनारका अनुसार कोहलपुर नगरपालिकालाई १५ लाख, नरैनापुर गाँउपालिकालाई १० लाख र राप्तीसोनारी गाँउपालिकालाई ५ लाख रकम बिनियोजन गरीएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत तत्काल अक्सिजन सिलिण्डर खरीदका लागि ३० लाख रकम छुट्याईएको सुनारले जानकारी दिनुभयो । पछिल्लो समय बाँके कोरोनाको ‘हटस्पट’ बनेको छ । संक्रमित अत्याधिक बढेसँगै बाँकेमा अक्सिजनको अभाव देखिएको छ ।

Previous articleसंक्रमित पत्रकारको स्वास्थ्य जाँचका लागि परामर्शदाता नियुक्त
Next articleसंक्रमितका लागि कशौधन बैश्य युवा मञ्चद्वारा स्वास्थ्य सामाग्री सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here