संक्रमितका लागि कशौधन बैश्य युवा मञ्चद्वारा स्वास्थ्य सामाग्री सहयोग

नेपालगञ्ज । नेपालगञ्जमा कोभिड १९ को चपेटमा परेका बिरामीहरुका लागि कशौधन बैश्य समाज, कशाैधन बैश्य युवा मञ्च बाँकेले आवश्यक स्वास्थ्य सामाग्री नेपालगञ्ज उपमहानगरपालिकालाई प्रदान गरेको छ ।

कशौधन बैश्य युवा मञ्चमार्फत सोमबार सहयोग गरिएकाे स्वास्थ्य सामाग्री नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणालाई हस्तान्तरण गरेको हाे । प्रदान गरिएको सामाग्री आवश्यकता पर्ने आइशोलेशनमा उपलब्ध गराइने जनाइएको छ ।

बैश्य युवा मञ्चका अध्यक्ष आदित्य बैश्यका अनुसार स्वास्थ्य सामाग्रीहरुमा भाप लिने मेसिन १५० थान, लगस एक्सर साइजर मेसिन ४० थान, अक्सिजन मास्क ६०, फेस सिल्ड, १०० थान र के एन ९५ माक्स २०० पीस प्रदान गरिएको छ । बैश्य युवा मञ्चका युवाहरु मिलेर सामानको व्यवस्था गरेका थिए ।

Previous articleसाँसद अथक’ द्धारा अक्सिजन सिलिण्डरका लागि ३० लाख बिनियोजन
Next articleविरामी भेट्न मेयर डा.राणा अस्पताल र आईसोलेसन, नेपाल प्रवेश गर्नेको लगत संकलन व्यवस्थित बनाउन निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here