
१. स्वास्थ्यसम्बन्धी औषधि, उपकरण लगायतका सामग्री छिटो माध्यमबाट सोझै खरिद गर्न ।
२. आवश्यक सङ्ख्यामा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सोझै भर्ना गर्न ।
३. निजी अस्पताल, मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरू सरकारले नियन्त्रणमा लिएर सञ्चालन गर्न/गराउन ।
४. स्वास्थ्य प्रणाली थप धरासायी हुन गई जनस्वास्थ्यमा थप सङ्कट आउन नदिन ।
५. जनतामा सरकार (राज्य) प्रतिको विश्वास जगाइ राख्न ।
६. राज्यको सम्पूर्ण ध्यान, सामर्थ्य, स्रोत साधान कोभिड महामारी नियन्त्रणमा केन्द्रित गराउन ।
७. अभावको बेला मौलाउन सक्ने कालोबजारी नियन्त्रण गर्न र निजी क्षेत्रको मनोमानी रोक्न ।
८. सीमित स्रोत, साधन र जनशक्तिको यथार्थ आँकलन गरी एकीकृतरूपमा महत्तम परिचालन गर्न ।
९. दातृ निकायहरू र सहयोगी सङ्घ, संस्थाहरूको ध्यान आकृष्ट गर्न र धेरैभन्दा धेरै सहयोग परिचालन गर्न ।
१०. प्रभावकारीरूपमा सङ्कट व्यवस्थापन गर्न ।
अत : सही समयमा सही निर्णय गर्न सकिएन भने पक्कै अनिष्ट हुन जान्छ । त्यसैले कत्ति ढिला नगरी स्वास्थ्य सङ्कटकाल घोषणा गरौँ र कोभिड विरुद्धको मोर्चामा जुटौँ, जुटाऔँ ।





