
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४ हजार भन्दा धेरैको ज्यान गएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजार भन्दा धेरै संक्रमित थपिँदा संक्रमणबाट ४ हजार १२० जनाको ज्यान गएको हो । सो अवधिमा ३ लाख ५२ हजार मानिस संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३७ लाख भन्दा बढि रहेको छ । अहिलेसम्म कोभिड–१९ का कारण २ लाख ५८ हजार भन्दा धेरैको ज्यान गएको छ भने २ करोड ३७ लाख भन्दा धेरै संक्रमित भएका छन् ।
भारतमा १७ करोड ७२ लाख भन्दा धेरैले कोरोना भाइरस विरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।





