अनलाइन पत्रकार संघ, बाँकेले शुरु गर्यो साता ब्यापी रक्तदान कार्यक्रम

फाईल तस्बिर


नेपालगञ्ज । अनलाइन पत्रकार संघ, बाँकेले साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमित विरामीलाई लक्षित गरि संघले साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको हो ।

कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि साता ब्यापी रक्तदान कार्यक्रम बुधवारबाट सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले जानकारी दिनुभयो ।

उहाँले संकलित रगत कोरोना संक्रमित विरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य विरामीलाई समेत दिन सकिने बताउनुभयो ।

रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो । उहाँले रक्तदान जस्तो जस्तो पुन्य कार्यमा सहभागी हुन अपिल समेत गर्नुभएको छ ।

Previous articleनेपालमा कोरोना कहर : को सफल, को असफल ?
Next articleबाँके प्रहरीले बनायो १० बेडको आइसोलेशन केन्द्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here