मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कोरोनाका निःशुलक उपचार गर्ने भएको छ । पश्चिम नेपालमै बाँकेको भेरी सहित मेडिकल कलेजले कोरोनाका बिरामीहरुको उपचार गर्दै आएका छ ।

मेडिकल कलेजका निर्देशक नितेश कुमार कनोडियाको व्यवस्थापनमा नेपाल सरकारको मापदण्ड अनुसार उपचार नि: शुल्क गरेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यससंगै मेडिकल कलेज कोहलपुरले कोरोनाका बिरामीका लागि थप बेडको समेत व्यवस्थापन गरेको छ । कलेजले कोभिड वार्डमा क्षमता बिस्तार गर्दै ४५ आइसियु बेडसहित १ सय ३० बेड तयार गरेको छ । यसअघि कलेजमा १ सय १५ बेडमा उपचार हुँदै आएको थियो ।

Previous articleपत्रकार दुर्व्यवहार घट्ना प्रति महासंघद्धारा निन्दा
Next article५० प्रतिशत अनुदानमा धानको विउ बितरण गर्दै नेपालगञ्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here