
गुलरिया । लकडाउनको बहानामा अत्यावश्यक बस्तुको अभाव र मुल्य वृद्धि हुन सक्ने अवस्थालाई दृष्टिगत कोरोना कहरबीच पनि अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले शुक्रबार बर्दियाका बिभिन्न बजारहरुमा अनुगमन गरेको छ ।
कार्यालयलये शुक्रबार बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गतका भोलागौडी र जमुनी बजार क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा बिल बिजक नराख्ने दुई किराना पसललाई कसुरको मात्रा हेरि ५/५ हजार जरिवाना गरिएको छ ।
अनुमगन टोलीले भोलागोडीस्थित सापकोटा किराना पसल र राधिका कोल्ड स्टोरलार्य जरिवाना गराएको छ । साथै करिब १७ हजार भन्दा बढि मुल्य बराबरका खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका खाद्य सामग्री नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।
बजार अनुगमनमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम, बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका नि.कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्याल र कार्यालयका सूचना अधिकारी चौलागाईं, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रेम अर्याल, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत नारायण प्रसाद ढकाल, बढैयाताल गाउँ कार्यपालिका सदस्य चन्द्रकला बि क, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लगायतको सहभागिता रहेको थियो ।





