
नेपालगञ्ज । बाँकेमा बिहीबार राती परेको झरीले आएको बाढीमा फसेका नीन जना महिलाको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाउरा घाँस काट्न राप्ती नदिको बिचमा रहेको भग्रा (चउर) मा गएका राप्तिसोनारी गाउँपालिका वडा नं ६ खल्लाटपरी बस्ने ५० वर्षीया घुमी पुन मगर, ५१ वर्षीया रिता पुन मगर र सोही ठाउँ बस्ने ६० वर्षीया झुपी बुढाथोकीको उद्धार गरिएको हो ।
राप्ती नदिमा बाढी आएर बिचमा अलपत्र परेको भन्ने खबर लगत्तै अस्थाई प्रहरी पोष्ट फत्तेपुर ख बाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुको उद्धार गरेको जनाइएको छ ।





