मानव बेचबिखन मुद्दाका प्रतिवादी पक्राउ

नेपालगन्ज । बाँकेमा मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा न- ३ एकलैनी बस्ने २७ वर्षीय सदाव हलुवाईलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको Special Task Force Team ले शनिबार पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्ला अदालत बाँकेको मिति २०७७।०९।०१ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका हलुवाई हालसम्म फरार थिए ।

पक्राउ परेका हलुवाईलाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाएकाे छ । याेसंगै बाँकेमा हालसम्म ५८० जना फरार अभियुक्त पक्राउ परिसकेका छन ।

Previous articleबाँकेमा बाढीमा फसेका तीन महिलाको उद्धार
Next articleसन्त निरंकारी मण्डलको आयोजनामा ४३ जनाद्धारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here