
नेपालगन्ज । सन्त निंकारी मण्डल नेपाल बाँके शाखाले कोभिड १९ को महामारीमा सामाजिक दूरी कायम गरी, मास्क र सेनीटाइजर प्रयोग गरी रक्तदान कार्यक्रमको गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं–६ स्थित सन्त निंकारी मण्डल नेपाल शाखाको आश्रममा आयोजना गरिएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ४३ जनाले रक्तदान गर्नु भएको छ ।
कार्यक्रम ६ नं.वडाका वडाध्यक्ष समीर प्रताप सिंह, आश्रमका मुखी (प्रमुख) शिव प्रसाद गोडिया, पंकज निषाद, संजय श्रेष्ठ, अंकित कुमार निषाद, भरत किशोर गोडिया, सुजल श्रेष्ठ, रितिका गुप्ता, संजय सोनकर, संदिप कस्यप, गयाप्रसाद धोबी, धन बहादुर बिक, पुष्कर बहादुर माझी, कविता श्रेष्ठ, सचिन साहनी, सुशिला कस्यप, परमेश्वर गोडिया, मनोज कुमार गोडिया, नन्कु घरुक, कमल सिंह ठाकुर, निलम कस्यप, सुस्मिता श्रेष्ठ, ललिता घरुक, बविता घरुक, प्रिया कस्यप, आनन्द कनौजिया, पवन कस्यप, राहुल कस्यप, राजेन्द्र साहु, कृष्ण कनौजिया, रामसेवक बैश्य, रेखा निषाद, बिनिता सोनार, रुपेश झा, अनिकेत कस्यप, बिश्वास भण्डारी, करन प्रजापति, उत्तम कस्यप, कुलदीप शाही, सन्तोष मौर्य लगायत ४३ जनाले रक्तदान गर्नु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित क्षेत्रीय रक्त संचार सेवा केन्द्रका होमराज गिरी, सोम प्रकाश सापकोटा, सुनिल रत्गैया लगायतले प्राविधिकमा सहयोग गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा रामखेलावन गोडिया, दिपक कुमार गुप्ता लगायत सेवकहरुले आफनो पोशाक सहित सेवामा खटिएका थिए । यसरी सन्त निंकारी मण्डल नेपाल शाखा नेपालगन्जले विभिन्न किसिमका कार्यहरु पनि गर्दै आई रहेको छ ।





