कोरोना मुक्तिका लागि क्षमाप्रार्थना तथा महायज्ञ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ एकलैनी स्थित माता महाकालीको मन्दिरमा कोरोना महामारी रोकथामका निमित्त माता महाकाली क्षमाप्रार्थना तथा महायज्ञ गरिएको छ । शानिबार सांझ ६ बजे क्षमाप्रार्थना तथा महायज्ञ गरिएको हो ।

बाँके जिल्ला तथा देशभर कोरोना महामारी बढेकोले महामारीबाट जिल्ला, देश वा समुदायलाई सुरक्षित राख्न क्षमाप्रार्थना तथा महायज्ञको कार्यक्रमलाई जय श्रीराम लाठी क्लबले आयोजना गरेको थियो । लाठी क्लबका पदाधिकारीहरुको सहयोगमा क्षमा पुजा तथा महायज्ञ समापन भएको थियो ।

क्षमाप्राथना तथा महायज्ञ कार्यक्रम स्थानीय अगुवा रमेशचन्द्र कुमालको संयोजकत्वमा भएको थियो । यसैगरी कुमालले सो अवसरमा सहयोग गर्नुहुने सम्पूर्ण लाई हार्दिक आभार व्यक्त गर्नुभयो ।

Previous articleलुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री श्रेष्ठद्धारा भेरी अस्पतालको निरिक्षण, तत्काल १० वटा कार्य गर्न ध्यानाकर्षण पत्र पेश
Next articleनेपालगन्ज उपमहानगरपालिकालाई १० लाख हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here