नेपालगन्ज उपमहानगरपालिकालाई १० लाख हस्तान्तरण

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकालाई आईसोलेसन निर्माणका लागि बासले १० लाख रकम सहयोग हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बाल मन्दिरमा बनाउन लागेको आइसोलेसनका लागि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आइतबार १० लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमसेर राणा र उपप्रमुख उमा थापा मगरलाई बासका अध्यक्ष रमेश सिटौला, कार्यकारि निर्देशक नमस्कार शाह, महासचिब शिब कुमार बर्मा, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहराले दश लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

उपमहानगरपालिकाले बाल मन्दिरको जिर्णोद्वार गर्न रकमको अभाव भएपछि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले उपमहानगरपालिकालाई उक्त रकम सहयोग गरेको हो । सहयोग ग्रहण पश्चात नगर प्रमुख डा.राणाले रकम सहयोग गर्ने बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सलाई उत्कृष्ट कार्यका लागि धन्यबाद ज्ञापन गर्नुभयो ।

प्राप्त रकमको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता गर्दै नगर प्रमुख राणाले जिर्ण अवस्थामा रहेको वाल मन्दिर निर्माण पश्चात दिगो रुपमा वालवालिकाको हितमा प्रयोग हुने विश्वास ब्यक्त गरे । वाल मन्दिर निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले पनि १० लाख रकम विनियोजन गरेको छ ।

Previous articleकोरोना मुक्तिका लागि क्षमाप्रार्थना तथा महायज्ञ
Next articleउच्च बारको सह सचिवमा केसी चयन, पाण्डेको संयोजकत्वमा सहयोग परिचालिन समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here