उच्च बारको सह सचिवमा केसी चयन, पाण्डेको संयोजकत्वमा सहयोग परिचालिन समिति

नेपालगञ्ज । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनले अधिवक्ता अमृता के सीलाई सह सचिव पदमा मनोनयन गरेको छ । बार एशोसिएसनको आईतबार बसेको बैठकले अधिवक्ता के सीलाई सह सचिव पदमा मनोनयन गरेको हो ।

उच्च बारको कार्यसमितिमा के सी एक मात्र महिला सदस्य हुनुहुन्छ । विधान अनुरुप कार्यसमिति सदस्य के सीको संयोजकत्वमा ५ सदस्सीय महिला शाखा गठन गरी उहाँलाई सहसचिवमा मनोनयन गरिएको बार एशोसिएसनका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल बार एशोसियसनको विधानको दफा २५ को उपदफा (२) को (ग) र दफा २७ मा भएको व्यवस्था बमोजिम कार्यसमितिको दोस्रो बैठकबाटै उहाँलाई सहसचिवको जिम्मेवारी दिएको हो । के सीको संयोजकमा गठन गरिएको महिला शाखामा सदस्यहरु सुनिता शर्मा, कुशुमा सुवेदी, देवीमाया खत्री र शान्ता पोख्रेल रहनुभएको छ ।

यसैबीच एशोसिएसनले कोरोना संक्रमति कानून व्यवसायीहरुलाई सहयोग गर्नका लागि कार्यसमितिका सचिव पदम पाण्डेको संयोजकत्वमा ३ सदस्सीय सहयोग परिचालन समिति गठन गरेको छ ।

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टबाट कानून व्यवसायीहरु समेत संक्रमित भई केहिले ज्यान समेत गुमाईसकेको अवस्थामा उनीहरुलाई सहयोग स्वरुप आर्थिक रकम संकलन गर्ने र वितरण गर्न उक्त समिति बनाईएको हो ।

समितिले आफ्नो कार्य सुरु गरिसकेको छ । आर्थिक परिचालन समितिका संयोजक पाण्डेले कोरोना संक्रमित कानून व्यवसायीलाई आर्थिक सहयोग गर्न सहयोगी मनहरुलाई आव्हान समेत गर्नुभएको छ ।

साथै बैठकले कोरोना संक्रमण भई ज्यान गुमाएका वरिष्ठ अधिवक्ता आनन्द प्रसाद श्रेष्ठ, अधिवक्ता प्रमोद कुमार अग्रवाल र कोराना संक्रमणका कारण आफन्त गुमाएका कानून व्यवसायीहरुका आफन्तप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताप पारित गरेको छ ।

Previous articleनेपालगन्ज उपमहानगरपालिकालाई १० लाख हस्तान्तरण
Next articleसंकट व्यवस्थापन केन्द्रलाई बिग्रुपले दियो २४ लाखको सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here