
नेपालगञ्ज । कोरोना महामारी नियन्त्रणका लागि भेरी वातावरणीय बिशिष्टता समूह (बिग्रुप) बाँकेले २४ लाख बढिको स्वास्थ्य तथा सरसफाईका सामाग्री सहयोग गरेको छ ।
बाँकेमा कोभिड महामारी नियन्त्रणका लागि आइतबार बिग्रुपले बाँकेले २४ लाख ६१ हजार ६ सय ६१ रुपैया मुल्य बराबरको स्वास्थ्य तथा सरसफाइका सामाग्री बाँकेका प्रमुख जिल्ला अधिकारी एव जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक शिवराम गेलाललाई हस्तान्तरण गरेको हो ।
युकेएडको आर्थिक सहयोगमा सेफ द चिल्डेन कन्सोर्टियम अन्तर्गत केयर नेपालमार्फत बिग्रुपका सचिव टेक बहादुर पुन र निर्देशक डम्वर सुनारले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।





