
नेपालगञ्ज । कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लामा लगाइएको निषेधाज्ञा फेरि एक साता बढाइएको छ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा समुदास्तरसम्म फैलिएपछि नियन्त्रणका लागि यही जेष्ठ १० गतेसम्मका लागि लगाइएको निषेधाज्ञा जेष्ठ १७ गतेसम्मका लागि थप गरिएको छ ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि पुन जेष्ठ १७ गते राती १२ बजेसम्मका लागि जारी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि जेष्ठ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
यस्तै बैठकले जिल्लाको शान्ति सुरक्षाका लागि थप कडाई गर्ने निर्णय गरेको छ ।





