वार्षिक उत्सवका अवसरमा सामाजिक काममा सहयोग

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा योग समिति नेपालेले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग गरेको छ । सोमबार बिहान भेरी अस्पताल परिसरमा योग समितिका कोषाध्यक्ष अम्बिका कोइरालाले महासंघको एम्बुलेन्स खरिदका लागि ५ हजार १ सय बराबरको चेक प्रदान गरेको हो ।

योग समितिका अध्यक्ष गिरिराज भट्टराई लगायत पदाधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य भिष्म लोधलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । पत्रकार महासंघको एम्बुलेन्स खरिद सामाजिक कार्य भएकाले सहयोग गरिएको अध्यक्ष भट्टराई बताउनुभयो ।

यस्तै सो अवसरमा योग समितिले अस्पताल परिसरमा संचालित अन्जनी माता रसोई घरलाई ३५ पेटी पानी प्रदान गरेकोे छ । समितिका अध्यक्ष भट्टराईले रसोई घरका संचालक जितेन्द्र सिंह ठाकुरलाई पानी हस्तान्तरण गर्नुभएको थियो । सहयोग गरेकोप्रति रसोई घरले समितिलाई धन्यवाद पत्र समेत प्रदान गरेको छ । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं–४ मा संचालित आइसोलेशन केन्द्रलाई १५ पेटी पानी सहयोग प्रदान गरिएको छ ।

Previous articleनागरिकता अध्यादेश-२०७८ को बिरोध : बास्तविकता कि लहड ?
Next articleभृकुटीनगर टोलबासीद्धारा अन्जनी माता रसोईलाई १ लाख ११ हजार प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here