
गुलरिया । बर्दियामा जारी निषेधाज्ञा जेष्ठ २० गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार सूचना जारी गर्देै हाल जारी रहेको निषेधाज्ञा जेष्ठ २० गतेसम्मका लागि थपिएको जनाएको छ ।
तिब्र रुपमा बढिरहेको कोरोनाको प्रकोपको सांङ्गलो तोड्नका लागि जेष्ठ १० गतेसम्म लगाइएको निषेधाज्ञा बढाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारद्धारा जारी सूचनामा उल्लेख छ । सोमबार जारी भएको सूचनामा यसअघि कायम भएका क्षेत्र, व्यवसाय सोही समय र मापदण्ड अनुसार रहनेछ ।





