महासंघको एम्बुलेन्स खरिदका लागि पत्रकार शर्माले दिए १० हजार

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरीदका लागि पत्रकार काशीराम शर्माले आर्थिक सहयोग गर्नुभएको छ । कोरोना संक्रमण जितेर स्वास्थ्य लाभ लिइरहेका पत्रकार शर्माले ब्यक्तिगतरुपमा महासंघ बाँके शाखालाई १० हजार नगद सहयोग गर्नुभएको हो ।

सत्यपाटी पब्लिकेशनका अध्यक्ष, सत्यपाटी डटकमका प्रधान सम्पादक, मिडिया नेपालका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ बाँके शाखाका निवर्तमान सहसचिव समेत रहेका शर्माले मङ्गलबार पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

सहयोग रकम प्रदान गर्दै पत्रकार शर्माले भन्नुभयो, ‘पत्रकार तथा आमनागरिकका लागि सर्वसुलभ रुपमा एम्बुलेन्स सञ्चालन गर्ने पत्रकार महासंघ बाँकेको परोपकारी कार्यलाई साथ दिँदै मैले ब्यक्तिगतरुपमा यो सहयोग गरेको हुँ ।’ उहाँले पत्रकारहरुको छाता संगठन महासंघको यो अभियानमा सबैले साथ र सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भभन्नुभयो, ‘सकारात्मक कार्यमा सबैले रचनात्मक सहयोग गर्नुपर्छ । निरन्तर खबरदारी र आलोचनासहित महासंघका सकारात्मक कार्यमा मेरो सधैं रचनात्मक सहयोग हुनेछ ।’ पत्रकार शर्माले देशमै पहिलो पटक महासंघ बाँके शाखाले पत्रकार र सर्वसाधारणका लागि परोपकारीरुपमा एम्बुलेन्स सञ्चालन गर्न लागेको कार्य अन्य शाखाले पनि अनुशरण गर्नुपर्ने बताउनुभयो ।

महासंघ बाँकेलाई प्रदान गरिएको सहयोग रकम स्वरुप चेक बुझ्दै महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले महासंघको अभियानमा जोडिएको भन्दै सहयोगका लागि निर्वतमान सहसचिव शर्मालाई धन्यवाद दिनुभयो । अध्यक्ष भण्डारीले महासंघको एम्बुलेन्स खरिदका लागि सहयोगीदाताहरुलाई धन्यवाद दिँदै प्राप्त रकमको पारदर्शीरुपमा खर्च गरिने प्रष्ट पार्नुभयो ।

महासंघ बाँकेको एम्बुलेन्स खरिद अभियानलाई समर्थन गर्दै यतिबेला देश विदेशमा रहेका थुप्रै व्यक्ति तथा संघसस्थाहरुले सहयोग गरिरहेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो । महासंघ बाँके शाखाले एम्बुलेन्स खरिद गर्ने निणर्य गर्दै एम्बुलेन्स खरिदका लागि सार्वजनिक आह्वान गरेपछि यतिबेला स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको हो ।

एम्बुलेन्स खरिदका लागि विभिन्न ब्यक्ति, निकाय तथा संस्थाबाट स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको महासंघ बाँकेका सचिव कमल डाँगीले बताउनुभयो । महासंघ बाँके शाखाले कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागेको हो ।

Previous articleबर्दियामा जेष्ठ २० सम्म निषेधाज्ञा थप (प्रशासनको सूचनासहित)
Next articleनेपालगञ्जमा कोभिसिल्डको दोस्रो डोज १३ र १४ गते लगाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here