भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दोस्रो पटक आक्रमण, ३ जना पक्राउ

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा फेरि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तहरुले अस्पतालका स्वास्थ्यकर्मीमाथि बिहिबार साँझ आक्रमण गरेका हुन ।

अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्सलाई मृतकका आफन्तले लखेटिलखेटी आक्रमण गरेका अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् ।

जेठ ४ गतेदेखि दाङ निवासी डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राती ८ बजेतिर मृत्यु भए लगत्तै मृतकका भाई मान बहादुर रावत लगायतले चिकित्सक र स्टाफ नर्सलाई लखेटि लखेटी आक्रमण गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

मृतकका आफन्तले आक्रमण गर्न थालेपछि ज्यान जोगाउन ३ जना नर्सले डिउटी भएको दोस्रो तलाबाट हाम फालेका छन् । स्वास्थ्यकर्मीका अनुसार आईसियुका एक जना बिरामीलाई धेरै अप्ठ्यारो भएर उता हेर्न गएको समयमा उपचाररत शाहकिो मृत्यु भएपछि आफुहरुमाथि आक्रमण भएको हो ।

६र७ जनाको समूहरले आक्रमण गरेको थियो । आक्रमण भएपछि लुक्न खोजेका स्वास्थ्यकर्मीहरुलाई ड्युटी रुम, शौचालय ढोका समेत फोडेका छन् । पटक पटक आफुहरुमाथि आक्रमण भइरहनुले काम गर्ने वातावरण नभएको पीडित स्वास्थ्यकर्मीले बताएका छन् । आक्रमण गर्ने व्यक्तिले आफुहरुसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पावर भएको उल्लेख गर्दै थिए ।

आक्रमणकारीले अस्पतालको आईसियु कक्षमा समेत तोडफोड गरेका छन् । यता घटना पछि प्रशासनले छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति बनाइएको छ ।

आक्रमणमा संलग्न रहेका मानबहादुरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरिएको छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उनीहरूलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।

यस्तै पटक पटक आक्रमणको घट्नामा दोषीलाई कारवाही नभएको देखिएको भन्दै स्वास्थ्यकर्मीले घट्नाको दोषीलाई कारवाही नभए आन्दोलन गर्ने उद्घोष गरेका छन् ।

घट्नाका बिभिन्न स्वास्थ्य संगठनले बिरोध जनाएका छन् । भेरी अस्पतालको कोभिड वार्डमा यसअघि गत वैशाख अन्तिम सातातिर पनि स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो ।

Previous articleस्थापना दिवसमा सहकारीले बाड्यो कोभिड बिरामीलाई फलफूल
Next articleदोषीलाई कारवाहीको माग गर्दे भेरीका स्वास्थ्यकर्मीद्धारा आन्दोलन शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here