दोषीलाई कारवाहीको माग गर्दे भेरीका स्वास्थ्यकर्मीद्धारा आन्दोलन शुरु

नेपालगञ्ज । भेरी अस्पतालका चिकित्सक र नर्स आन्दोलनमा उत्रिएका छन् । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको घट्नाको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन ।

बिरामीका आफन्तको आक्रमणबाट ज्यान जोगाउन डा.चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाउनुभएको थियो ।

आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको बिरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ ।

दाङका डिल्ली रावतको उपचारका क्रममा विहीबार राती ८ बजे अस्पतालमा मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोसमा उनीहरुले आइसीयूमा प्रवेशगरी तोफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

Previous articleभेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दोस्रो पटक आक्रमण, ३ जना पक्राउ
Next articleबाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न देउवा र प्रचण्डको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here