
नेपालगञ्ज । भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ ।
कोरोना संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षीय डिल्लीराज रावतका भाइहरु मानबहादुर र भरत तथा छोरा लोकराज विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले बताउनुभयो ।
देशभरीबाट चौतर्फी दबाव सृजना भएपछि पहिला सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँके दबावपछि ज्यान मुर्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको स्रोतले जनाएको छ ।
उनीहरुले बिहिवार राती ८ बजे भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमार्थि आक्रमण गर्नुका साथै अस्पतालभित्रको आईसीयु कक्षमा तोडफोड गरेका थिए ।





