आक्रमण घट्नाप्रति लोकतान्त्रिक वैचारिक प्रतिष्ठानको घोर भत्सर्ना

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट घट्नाको लोकतान्त्रिक वैचारिक प्रतिष्ठान, जिल्ला कार्यसमिति बाँकेले घोर भत्सर्ना गरेको छ ।

लोकतान्त्रिक वैचारिक प्रतिष्ठान जिल्ला कार्यसमितिले शुक्रबार
एक प्रेस विज्ञप्ती जारी गर्दे कोभिड–१९ विरुद्ध अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीमाथि अस्पताल पसिरमै आक्रमण भएको घट्नाको आफुहरुको घोर भत्सर्ना गर्न चाहेको जनाएको छ ।

आफ्नो जीवनको प्रवाह नगरी २४ सैं घण्टा अहोरात्र खटिने चिकित्सक, नर्स र कर्मचारीमाथि मृतकका आफन्तद्वारा ज्यान मार्नेसम्मको आक्रमण कार्यको निन्दा गर्दछौं, प्रतिष्ठान बाँके अध्यक्ष अधिवक्ता पूर्णप्रसाद ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Previous articleआक्रमण गर्ने ३ जना विरुद्ध ज्यान मार्ने मुद्दा
Next articleकुर्मी (बर्मा) सहयोगी हातको आयोजनामा ४५ जनाद्धारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here