
नेपालगञ्ज । कुर्मी (बर्मा) सहयोगी हातले शनिबार नेपालगञ्जमा बृहत रक्तदान कार्यक्रम गरेको छ । नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा आयोजना रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमलाई नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले शुभारम्भ गर्नुभएको थियो । उहाँले रक्तदाताहरुलाई गम्छा र चस्मा लगाउँदै शुभारम्भ गर्नुभएको थियो । उद्घाटनका क्रममा बोल्देै मेयर राणाले यस्तो महामारीका समयमा पनि रक्तदान गर्ने कार्य आफैमा सराहनीय भएको बताउनुभयो । उहाँले खासगरी बाँके जिल्लाका भुमिपुत्रका रुपमा रहेका कुर्मी (बर्मा) समुदायको यस जिल्लाको बिकास तथा सामाजिक कार्यमा ठुलो योगदान रहेको उल्लेख गर्नुभयो ।
रक्तदान कार्यक्रमका संयोजक बिराट बिक्रम बर्माका अनुसार नेपाल रेडक्रस सोसाईटीको क्षेत्रीय रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा न ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना, वडा नं ६ का वडा अध्यक्ष समिर प्रताप सिंह र जानकी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रमेश कुमार बर्मा, समाजसेवी माधवराम बर्मा, नियमित रक्तदानता एवं पत्रकार पवन जयसवाल लगायतको उपस्थिति रहेको थियो ।
सहयोग हात बाँकेका संयोजक डा.कौशल कुमार बर्माको सभापतित्वमा भएको उद्घाटन कार्यक्रलाई सदस्य बिनोद कुमार बर्माले संचालन गर्नुभएको थियो । संचालक बर्माले संचालनका क्रममा रक्तदान जस्तो महान कार्य अरु केही हुन नसक्ने भएकाले आफुहरुले यस्तो कार्य गरेको स्पष्ट पार्नुभयो ।






