दुई लाखको सेनिटाईजर बिक्री बितरणमा रोक

File Photo

नेपालगञ्ज । बर्दियाको गुलरिया नगरपालिकामा करिब २ लाख रुपैयाँ बराबरको सेनिटाइजरलाई बिक्री वितरणमा रोक लगाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अगुवाईमा मंगलबार भएको अनुगमनका क्रममा प्रमाणित नभएका करिब २ लाख रुपैयाँ बराबरको सेनिटाइजरलाई बिक्री वितरणमा रोक लगाइएको हो ।

साथै थप अनुसन्धान र परीक्षणका लागि औषधी व्यवस्था विभागले नमुना लिएको छ । अनुगमनकै क्रममा व्यवसायीको अनुपस्थितिमा औषधि बिक्री वितरण भइरहेको एक पसल समेत बन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल सहितको अनुगमन टोलीले उपभोग्य म्याद समाप्त भएका करिब २५ हजार बढि मुल्य बराबरको विभिन्न तरकारीको बिउ बिजन समेत नष्ट गरेको छ ।

Previous articleश्री मदन बाबा भक्ति केन्द्र बाँकेद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
Next article२ सय ४० रुपैयाँ लुट्न हत्या !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here