
गुलरिया । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकले बर्दियाका सात वटा स्थानीय तहका अतिविपन्न युवा महिलालाई व्यवसाय सञ्चालन गर्न विभिन्न प्रकारका सामाग्री वितरण शुरु गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा स्याक नेपालले सञ्चालन गरेको युवा रोजगार तथा उद्यमशिलता परियोजना (SOYEE) अन्तर्गतका स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका युवा महिलालाई व्यवसायका लागि सामाग्री वितरण गरिएको सास्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनुभयो ।
उहाँले व्यवसाय सञ्चालन गर्नका लागि ती महिलाहरुलार्ई किराना पसल, कस्मेटिक पसल, ब्युटिपार्लर, कासमेटिक पसल, फेन्सी पसल, र टेलारिंग पसल आदी सञ्चालन गर्ने सामग्री वितरण गरिने बताउनुभयो ।
बुधवार स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, संस्थाका टिम लिडर नेत्रकला शाही, शिक्षा कार्याक्रम अधिकृत लक्ष्मी प्रसाद शर्मा, परियोजनाका अधिकृत बिक्रम राना, कृष्ण गिरी, सुपरभाइजर शिवानी चौधरी र गेरुवा गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष लगायतलले सामाग्री वितरणको शुभारम्भ गर्नुभयो ।
बर्दियाको राजापुर नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, गेरुवा गाउपालिका, बढैयाताल गाउपालिका र गेरुवा गाउपालिकाका ११२ जना स्पोन्सर बालबालिकाको परिवारका युवा महिलालाई व्यवसाय सञ्चालन गर्नका लागि सामग्री वितरण गरिने उदेश्यले राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका १८ जना युवा महिलालाइ वितरण शुरु गरिएको संस्थाका अध्यक्ष पाण्डेले बताउनुभयो ।
सो परियोजना अन्तर्गत ४१ जना महिलालाइ किराना सामग्री, ४७ जना महिलालाई टेलारिंग सामग्री, ५ जनालाई कस्मेटिक पसलको सामाग्री र २ जनालाई ब्युटिपार्लर चना चटपटे र पानी पुर पसल २ जना, फर्निचर पसल १ जना, होमिस्टे १ जना,कपडा पसल ३ जना, चप्पल पसल १ जनालाई सामाग्री हस्तान्तरण गरिने शिक्षा कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।
कोभिडका कारण आर्थिक अवस्था झनै कमजोर भएको बेला संस्थाले प्रदान गरेको सामाग्रीबाट व्यवसाय गरेर पेट पाल्न सहज हुने सामाग्री पाउने महिलाहरुले जनाएका छन् ।





