मेडिकल कलेज कोहलपुरमा बन्द भएको ओपिडी सेवा संचालन हुँदै

नेपालगञ्ज । कोरोना कहरका कारण अन्य स्वास्थ्य सेवा बन्द गरेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले बाहिरंङ्ग सेवा आइतबारदेखि संचालनमा ल्याउने भएको छ ।

कोरोना महामारीको कहर तीब्र भएपछि बाहिरंङ्ग लगायतका सेवा बन्द गरिएको थियो । त्यस बिचमा कोभिड बाहेकका बिरामीलाई सास्ती खेप्न पर्यो । तर हाल जिल्लामा कोरोनाका बिरामीहरको संख्या जिल्लामा कम हुन थालेपछि मेडिकल कलेजले बाहिरंङ्ग लगायत स्वास्थ्य सेवा संचालनमा ल्याउन लागेको हो ।

मेडिकल कलेजका अस्पताल निर्देशक डा.भोजराज जोशीले शुक्रबार एक सूचना जारी गर्दै २०७८ जेष्ठ २३ गते आइतबारबाट अस्पतालको बाहिरंङ्ग सेवा (ओपिडी) लगायतका सेवाहरु संचालन हुने जानकारी दिनुभयो ।

कोरोना बिरामीको लागि कोभिड डेडिकेटेड अस्पताल संचालन गरेकोमा हाल उक्त बिरामीहरुको चाप घटेको र अन्य बिरामीहरुलाई बाहिरंङ्ग सेवा समेत बन्द भएकाले बिरामीलाई पर्न गएको मर्कालाई ध्यानमा राखी अन्य सेवा पनि संचालन गर्न लागेको सूचनामा उल्लेख छ ।

Previous articleविपन्न महिलालाई व्यवसाय संचालन गर्न सामाग्री वितरण
Next articleभेरीको घट्ना सेलाउन नपाउँदै हुम्लामा स्वास्थ्यकर्मीमाथि कुटपिट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here