
नेपालगञ्ज । नेपाल शिक्षक संघ जानकीले गाउँपालिकालाई बिभिन्न ४ बुँदे ज्ञापनपत्र बुझाएको छ । शिक्षक संघ जानकीले आइतबार गाउँपालिका प्रमुख राम निवास यादवलाई बिभिन्न ४ बुँदै माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
कोरोना महामारीका कारण थुपै्र शिक्षकले ज्यान गुमाएका छन् । यस्तो अवस्थामा बिद्यार्थी जमातमा काम गर्न त्रासदीपूर्ण देखिन्छ । देशमा कोभिड बिरुद्धको भ्याक्सिनको दोस्रो चरण पुरा हुँदा समेत शिक्षक तथा बिद्यालयका कर्मीचारीले भ्याक्सिन प्राप्त गर्न नसक्नु दुःखद भएको छ, बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।
भ्याक्सिनको प्राथमिकतामा नपर्नु शिक्षकलाई गम्भीरतापूर्वक नलिईनु, लाचारी बाहे केही देखिन्दैन । यस्तै आर्थिक वर्ष २०७८।२०७९ को संघीय बजेटमा बाल बिकास तथा बिद्यालय कर्मचारीको तलबका बिषयमा स्थानीय तहलाई जिम्मेवार बनाइएकोले सो बिषयमा संघको ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष साकिर खाँ र सचिव खेमेन्द्र बहादुर बुढाथोकीले बुझाउनु भएको ज्ञापन पत्रमा बिद्यालय भौतिक रुपमा खुल्नुपूर्व शिक्षक तथा कर्मचारलाई भ्याक्सिनको व्यवस्थापन र त्यसको लागि बजेटको प्रबन्ध गरिनुपर्ने, संघीय सरकारको घोषणा अनुसार बाल बिकास तथा कर्मचारीको तलब रु सात हजारका दरले आफ्नो स्थानीय तहको संख्या यकिन गरी बजेट बिनियोजन गर्ने, संघीय बजेट भाषणमै शिक्षक अनुदानको निरन्तरता भनिएकोले केही पालिकाले अनुदान रकम हालसम्म समेत निकासा नगरेकोले यथाशिघ्र निकासा गरिनुपर्ने र हात बिद्यालयमा भ्याक्सिन नलगाएको अवस्थामा समेत नतिजा प्रकाशनको कार्यसहित अन्य तथ्याँकीय कार्यका लागि ताकेता भएकाले निजहरुको स्वास्थ्य सुरक्षाको यथाशिघ्र प्रबन्ध मिलाउनुपर्ने उल्लेख छ ।





