
नेपालगञ्ज । लागु औषध ब्राउन सुगरको ५६ पुडियासहित नेपालगञ्जमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ३ जना महिलासहित ४ जना नेपालगञ्जको न्युरोडबाट पक्राउ परेका हुन ।
जेष्ठ २१ गते शुक्रबार दिन दिउँसो साढे तीन बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ न्युरोडबाट प्रहरीले उनीहरुलाई ब्राउन सुगरसहित खजुरा गाउँपालिका वडा नं ८ बस्ने ३३ वर्षीया बिबा शाही, खजुरा ४ बस्ने ३० वर्षीया गंगा खड्का, नेपालगंज नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ बस्ने ३५ वर्षीय राजेश खटिक र बर्दियाको राजापुर नगरपालिका वडा नं ४ बस्ने २१ वर्षीया पुजा परियारलाई पक्राउ गरेको जनाएको छ ।
गोप्य सुचनाको जिल्ला प्रहरी कार्यालय बाँके तथा लागुऔषध नियन्त्रण ब्युरो नेपालगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले आइतबार जानकारी दिएको हो ।
पक्राउ परेकाहरुबाट प्रहरीले नगद ४१ हजार ५ सय बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत बाँकेबाट दिन ७ म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।





