बाँकेमा जारी निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम

नेपालगञ्ज । बाँकेमा जारी निषेधाज्ञा पुन: एक साता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार एक सूचना जारी गर्दै जिल्लामा जारी निषेधाज्ञा थप एक सता बढाएको जनाएको छ ।

यसअघि निषेधाज्ञाको समयावधी आज राती १२ बजेसम्म रहेको छ । जिल्लामा अझै कोरोनाका बिरामीहरुको संख्या बढि नै रहेको र नियन्त्रण हुने क्रममा रहेकाले जेष्ठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको उल्लेख छ ।

यस्तै यसअघि बिहान ६ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य बस्तुका पसल, व्यसाय संचालन गर्न पाउने समयावधिलाई पनि बढाइएको छ । अब बिहान ७ बजेदेखि १२ बजेसम्म दैनिक उपभोग्य बस्तुका पसल, व्यवसाय स्वास्थ्य मापदण्डका साथ संचालन गर्न दिईने सूचानामा जनाइएको छ ।

Previous articleअक्सिमिटरमा कालाेबजारी गर्नेलाई दुई लाख जरिवाना
Next articleएम्बुलेन्स संचालनका लागि गैर सरकारी संस्था महासंघको २१ हजार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here