एम्बुलेन्स संचालनका लागि गैर सरकारी संस्था महासंघको २१ हजार

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले संचालन गर्न लागेको एम्बुलेन्स खरिदका लागि गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखा सहयोग गरेको छ ।

गैर सरकारी संस्था महासंघ बाँके शाखाका अध्यक्ष नमस्कार शाह, लगायतले सोमबार महासंघलाई २१ हजार सहयोग प्रदान गरेको छ । महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई नगद रकम सहयोग प्रदान गरिएको हो ।

गैर सरकारी संस्थाले आईतबार बसेको बैठकले महासंघको एम्बुलेन्स संचालन अभियानका लागि सहयोग गर्ने निर्णय गरेको थियो । महासंघका पदाधिकारी सोमबार महासंघ बाँके शाखा कार्यालयमै आएर सहयोग गरेको पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले जानकारी दिनुभयो ।

Previous articleबाँकेमा जारी निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम
Next articleभारतको उत्तर प्रदेशमा बुधवारदेखि कोरोना केन्द्रीत कर्फ्यु हटाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here