कशौधन बैश्य समाज युवा मंचद्धारा निलसागरलाई खाद्यान्न तथा शैक्षिक साामग्री हस्तान्तरण

नेपालगञ्ज । कशौधन बैश्य समाज युवा मंच बाँकेले निलसागर सेवाश्रमलाई खाद्यान्न लगायतको सामाग्री प्रदान गरेको छ । मंचले मंगलबार सेवाश्रममै पुगेर आवश्यक खाद्यान्न तथा खेलकुदका सामाग्री सहयोग प्रदान गरेको हो ।

मंचका अध्यक्ष आदित्य गुप्ताले सेवाश्रमका अध्यक्ष सरिता खनाललाई प्रदानित सामाग्री हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका क्रममा बोल्दै बैश्य समाज मुल समितिका अध्यक्ष नन्दलाल बैश्यले सेवा भावले संचालित सेवाश्रमले समाजमा ठुलो योगदान पुर्याएको धारणा राख्नुभयो ।

अहिले व्यक्तिहरुले बिबिध कारणले बृद्ध आमा बुवालाई घरबाट आश्रममा राख्छन्, अध्यक्ष बैश्यले भन्नुभयो, त्यस्तो अवस्थामा रहेकालाई यसले सेवा प्रदान गरेको छ । परिवारबाट टुहुरा बनेकालाई एकात्रित गर्ने काम निलसागरले गरेको छ, यो समाजमा ठुलो योगदान पुगेको छ ।सहयोग ग्रहणपछि बोल्दै सेवाश्रमकी अध्यक्ष खनालले सबैको सहयोगले नै अहिले समस्याका रुपमा सृजना भएको बृद्ध बृद्धालाई व्यवस्थापन गर्न सकिएको बताउनुभयो । उहाँले मानव भएको नाताले आफुले समाजका लागि केही गर्नुपर्ने भएकाले खुल्ला हृदय भएकाहरुको सहयोगबाट यो कार्य सम्भव भएको धारणा राख्नुभयो ।

उहाँले सेवाश्रमलाई व्यवस्थापन गर्न अझै चुनौती भने रहेको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा बैश्य मुल समितिका पुर्व अध्यक्षहरु, युवा मंचका सचिवसहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सहयोग गरिएको सामाग्रीहरुमा चामल, बनस्पति ध्यूसहितको खाद्यान्न, पंखा, बालबालिकाहरुका लागि क्यारमबोर्ड, लुडो, बिस्कुट, व्याटमिन्टन लगायत रहेको छ ।

Previous articleखजुरा आइसोलेशनमा आशाद्धारा स्वास्थ्य सामाग्री प्रदान
Next articleनेपालगञ्जका ३५ जना अतिबिपन्नलाई उद्यमी संघको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here