
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकाे समन्वय सहकार्यमा महिला उद्यमी संघ बाँके र महिला महासंघ नेपालले संयुक्त रुपमा नेपालगञ्जका ३५ जना बिपन्नलाई खाद्यान्न बितरण गरेको छ । संघले मंगलबार आफ्नै कार्यालयमार्फत नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न वडाहरुमा रहेका बिपन्न महिलाहरुलाई साद्यान्न बितरण गरेको हो ।
निरन्तरको निषेधाज्ञाका कारण जीवन यापन गर्न गाह्रो भएकाहरुको पहिचान गर्दै दुबै संस्थाले संयुक्त रुपमा मंगलबार कार्यालयमै बोलाएर आवश्यक खाद्यान्न प्रदान गरेको हो । बितरण कार्यक्रमलाई नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनमा मेयर राणासंगै मधेशी आयोगका सदस्य बिजय गुप्ता, नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य बसन्ता जोशी र मन्जु नेपाली बिशेष उपस्थितिमा बितरण गरिएको संघकी द्धितिय उपाध्यक्ष साबित्रा बस्नेतले जानकारी दिनुभयो ।
संघले नेपालगञ्जमा रहेका अतिबिपन्न, शारीरीक रुपमा अशक्त र एकल महिलालाई १० प्रकारको खाद्यान्न बितरण गरेको छ । प्रत्येकलाई दुई हजार पाँच सय रुपैया बराबरको १ बोरी चामल, ५ किलो पिठो, ढाई किलो दाल, डेढ किलो खाने तेल, आधा किलो सोयाबिन, १ किलो नुन, एक पाउँ बेसार, एक पाउ रातो खुर्सानी, १ किलो चिनी र सय ग्राम चियापती दिइएको छ ।
उपमहानगरपालिका स्तरीय संरक्षण बिषयगत क्षेत्र समन्वय समितिकाे सहकार्यमा नेपालगञ्जका बिभिन्न भागमा रहेका अति बिपन्न महिलाहरुको पहिचान नेपालगञ्ज उपमहानगरपालिकाले गरेको महिला तथा बाललिका शाखाकी महिला बिकास अधिकृत पबित्रा पुरीले बताउनुभयो । बितरण कार्यक्रममा संघकी कोषाध्यक्ष सुनिता पाण्डे, सदस्य नितु चन्द, सुनिता सुवेदी, शान्त्वना राणा, गिता प्रसाई, रेष्ट नेपालका कार्यक्रम संयोजकको उपस्थिति रहेको थियो ।







