वन अतिक्रमण गरेकालाई हटाइएपछि कार्यालयमा आगजनी

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ र ५ को सिमासंग जोडिएको बभनपुर्वा सामुदायिक वन उपभोक्ता समूहरुको जग्गा कब्जा गरी बसेकालाई हटाउन शुरु गरिएको छ । सामुदायिक वन क्षेत्रको जग्गा कब्जा गरी अबैध रुपमा घर, टहरालाई वनका पदाधिकारी, शसस्त्र प्रहरी र वन कर्मचारीहरुले हटाउन शुरु गरेका हुन ।

वन क्षेत्रबाट घर टहरा हटाउने कार्य शुरु भएपछि सोमबार राती वन क्षेत्रको जग्गा कब्जा गर्ने एक समूहले सामुदायिक वन कार्यालयमा आगजनी गरेको छ । मिलन चोकस्थित कार्यालयको ढोकाको ताला फोडी सम्पूर्ण कागजातहरु जलाएका हुन ।

डुडुवा गाउँपालिका वडा नं ५ का कमरुद्दिन नाउँ, मन्सुर नाउँ, कुलावा नाउँ, अकबर अलि नाउँ, मुल्ला भनिने नेमुद्दिन खाँले वन क्षेत्र अतिक्रम गर्न खोजेको सामुदायिक वनका अध्यक्ष दयाराम यादवले जानकारी दिनुभयो । यस्तै स्थानीय सहजाद अलि, परिमल बिष्ट, मनोज बिक, बदलु लोहार, इरसाद खाँ, कुल बहादुर तामांग, रेशम न्यौपाने, मुस्लिम खाँले पनि सोही ठाउँमा पक्की घर बनाएका छन् ।

सामुदायिक वनले वन क्षेत्रमा घर बनाएका सबैलाई पटक पटक वन क्षेत्र खाली गर्न पत्राचार गर्दै आएको थियो । तर पत्राचारलाई लत्याउँदै आएकाहरुले त्यहाँ टहरा बनाउँदै गएका थिए । पटक पटकको पत्राचार गरेपनि वनले कडा कदम नबढाउँदा अबैध रुपमा घर बनाउँदै वन अतिक्रम बढ्दै गएको केही स्थानीयले बताए । हाल बाभनपुर्वा सामुदायिक वनको वन क्षेत्र ब्यापक अतिक्रमको जोखिममा रहेको छ ।

वन क्षेत्रमा बालुवा, गिट्टी मोरंगको ठेकेदार घनश्याम बुढाथोकीको समेतले कब्जा गरेको स्थानीयले जानकारी दिए ।

Previous articleनेपालगञ्जका ३५ जना अतिबिपन्नलाई उद्यमी संघको सहयोग
Next articleजन्मदिनमा ‘एम्बुलेन्स खरिद’ का लागि आर्थिक सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here