जन्मदिनमा ‘एम्बुलेन्स खरिद’ का लागि आर्थिक सहयोग

नेपालगञ्ज । जन्मदिनमा ‘एम्बुलेन्स खरिद’ कालागि आर्थिक सहयोग बाँकेका युवा ब्यवसायी बिरेन्द्र सिंहले आफ्नो जन्मदिनको अबसरमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।

युटर्न ईन्टरनेशनल प्रा.लि.नेपालगन्जका रिजनल प्रमुख समेत रहेका सिंहले पत्रकार महासंघ बाँकेले संचालन गरेको एम्बुलेन्स खरिद अभियानलाई सघाउन ६ हजार १५५ रुपैयाँ सहयोग गर्नुभएको हो । सिंह राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँकेका अध्यक्ष तथा तरुण दल नेपाल बाँकेका नेता समेत हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष संगिन शर्मालाई उक्त रकम हस्तान्तरण गर्दै सिंहले पत्रकार महासंघ बाँके शाखाले संचालन गर्न गईरहेको एम्बुलेन्स खरिद सहयोगार्थ आफुले सहयोग गरेको बताउनुभयो ।

विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय रुपमा सहभागी हुँदै आएका सिंहले पवित्र उद्धेश्य राखेर महासंघले संचालन गरेको अभियानमा सहयोग गर्न सबैलाई अनुरोध समेत गर्नुभयो ।

महासंघले संचालन गर्ने एम्बुलेन्स खरिदका लागि सहयोग प्राप्त हुने क्रम जारि रहेको एम्बुलेन्स खरिद आर्थिक संकलन समितिका संयोजक तथा पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले जानकारी दिनुभयो ।

Previous articleवन अतिक्रमण गरेकालाई हटाइएपछि कार्यालयमा आगजनी
Next articleकोभिड १९ खोप अभियानमा रेडक्रस स्वयंसेवक परिचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here