क्यान्सर पिडित महिलालाई कसौंधन बैश्य समाजद्धारा आर्थिक सहयोग

नेपालगञ्ज । कसौंधन बैश्य समाजले क्यान्सर पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । शुक्रबार कसौंधन बैश्य समाज जिल्ला समिति, युवा मञ्च र महिला मञ्चले संयुक्त रुपमा क्यान्सर पिडित परिवारलाई २१ हजार सय रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो ।

जिल्ला समितिका अध्यक्ष नन्दलाल बैश्य, युवा मञ्चका अध्यक्ष आदित्य गुप्ता लगायतले शुक्रबार पिडित महिला मिना नाउँलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

एकल महिला मिना ७ वर्षदेखि क्यान्सरबाट ग्रसित हुनुहुन्छ । उहाँका दुई छोराहरु छन । उहाँ संक्रमित भएर पनि मेहनत मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको थियो । तर कोरोना काहरका कारण दोस्रो पटक निषेधाज्ञाका कारण उहाँलाई आफु र छोरालाई पाल्न गाह्रो भएपछि सहयोगको याचना गर्नुभएको थियो ।

४२ वर्षीया मिनाले हालसम्म ६ पटक किमो गराई सक्नुभएको छ । तर आर्थिक अवस्था कमजोर भएका कारण उहाँलाई पटक पटक उपचारमा उत्पन्न हुनेछ । सहयोगी मनहरुले उहाँलाई सहयोग गर्न बैश्य समाजले आग्रह गरेको छ ।

Previous articleभारतबाट जंगली हात्तीको ठुलो समूह नेपाल प्रवेश
Next articleकर्णाली सरकारबाट एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here