
नेपालगञ्ज । मानवता नेपाल बाँकेले विपन्न वर्गका सुत्केरी, गर्भवती महिलाको निस्शुल्क स्वास्थ्य परीक्षण गरेको छ । संस्थाका अध्यक्ष अम्बिका काफ्लेका अनुसार, पहिलो दिन १० जना गर्भवती तथा सुत्केरीको निस्शूल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिइएको हो ।
उनीहरु सबै नेपालगन्जका हुन् । त्यस क्रममा उनीहरुलाई पौष्टिक आहार अण्डा, घ्यु, भेली, त्यस्तै प्याड, पेन्टी लगायतका सामाग्री सहयोग गरिएको अध्यक्ष काफ्लले बताउनुभयो । संस्थाका कोषाध्यक्ष सुमन गिरीले ती गर्भवतती र सुत्केरी स्वास्थ्य जाँच गर्नुभएको हो ।
संस्थाका अध्यक्ष काफ्लेसहित उपाध्यक्ष मधुसुधन अधिकारी, सचिव कमल शाही, कोषाध्यक्ष सुमन गिरी, सह सचिव नविन पौडेल सम्मेलित टोलीले निम्न वर्गका गर्भवती तथा नवजात शिशुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन यो अभियान थालिएको कोषाध्यक्ष गिरीले बताउनुभयो । गिरी पेशाले नर्स पनि हुन ।
त्यस क्रममा उनीहरुलाई गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरु के के हुन् रु कति पटक स्वास्थ्य चेकजाँच गर्ने रु कहाँ गर्ने रुलगायतका बारेमा जानकारी दिने काम भएको थियो ।





