गेरुवा ग्रामीण जागरण संघद्धारा ४१ सेट इन्भ्यारोमेन्ट किट बितरण

बारबर्दिया । गेरुवा ग्रामीण जागरण संघ बर्दियाले दुई वटा पालिकाका स्वास्थ्य चौकी र वडा कार्यालयलाई कोभिड १९ प्रतिकार्यका लागि सेनिटेशन इन्भ्यारोमेन्ट किट बितरण गरेको छ ।

संघले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाकाका सबै वडाहरु र स्वास्थ्य चौकीलाई आइतबार ४१ सेट सेनिटेशन इन्भ्यारोमेन्ट किट हस्तान्नरण गरिएको हो ।

संघ नेपालगञ्जका कार्यक्रम संयोजक रामरुप कौशलका अनुसार दुबै पालिकाका सबै वडा र त्यहाँ भएका स्वास्थ्य चौकी ७ लाख ४३ हजार ९ सय ७ रुपैया बराबरको ४१ सेट इन्भ्यारोमेन्ट किट बितरण गरिएको छ ।

इमरजेन्सी रिकभरी कोभिड १९ प्राजेक्ट अन्तर्गत ठाकुरबा नगरपालिकाको नेउलापुर, पेरेन्नी, बगनाहा, शिवपुर, ठाकुरद्धारा, ठाकुरद्धारा आधारभूत, मोहनपुर, गोदाना, बनकट्टी स्वास्थ्य चौकी र नगर कोभिड आइसोलेशन सेन्टर रानीपुरलाई स्वास्थ्य सामाग्रीसहितको किट बितरण गरिएको संयोजक कौशलले जानकारी दिनुभयो ।

यस्तै बारबर्दिया नगरपालिकाको ११ वटा वडा कार्यालय, पदनाह, बानियाभार, धधवार, आर सी मेमोरियल अस्पताल पहाडीपुर्वा कुम्रागाउँ, जबदहवा, सिउनिहाल, थानफनोआ, कतरनिया, र लम्कीफाटा स्वास्थ्य संस्थालाई किट बितरण गरिएको हो ।

बितरण गरिएको किटमा सेनिटाईजर ५ लिटर, साबुन ४ पिस, सर्जिकल मास्क १५ प्याकेट, डिस इन्फेक्टेड लिक्विड ५ ग्यालिन, प्लाष्टिक बाल्टीन १ पिस, मग १ पिस, कटन टावेल ४ पिस, मक टावेल २ पिस, गारबेज बीन ५ पिस, डिस इन्फेक्टेड ब्लीचिगं पाउडर १५ केजी, ग्लोब्स ५ प्याकेट, चप्पल २ जोडा, कुचो १ वटा, डस्ट बिन १ वटा, सामान प्याकिंग प्लाष्टिक बोरा १ पिस र स्वच्छता सम्बन्धि आई इ सी सामाग्री रहेको छ ।

Previous articleजोगी भेषमा पूर्व प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा
Next articleकोभिडका कारण सदस्य गुमाएका १० परिवारलाई गेरुवाको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here