
नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट अबैध यौनधन्दामा संलग्न होटेल संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० राँझास्थित न्यू पुर्णा रेष्टुरेण्ट एण्ड लजबाट अबैध यौनधन्दामा संलग्न १ जना होटेल संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले त्यहाँबाट संचालक बाहेक ३ जना पुरुष र २ जना महिलालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका टोलीले बिशेष सूचनाका कार्यमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होम प्रसाद चौधरीको नेतृत्वको टोलीले होटेलमा छापा मारेको प्रहरी नायब उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
शादा पोशाकमा खटिएका प्रहरी टोलीको सूचनापछि मंगलबार साँझ साढे ४ बजेको समयमा होटेलमा छापा मारिएको थियो । पक्राउ परेकाहरुका पेशेवर हुन या अन्यबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।





