
रोल्पा । मुक्का प्रहारबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका- ९ ह्वामाका १८ वर्षीय अविलाश घर्तीमगर रहनुभएको छ । यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र अबिलाशका बीचमा बच्चाको अन्नप्रासनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको थियो ।
सो क्रममा धनिमानले अविलाशलाई पेटको संवेदनशील भागमा मुक्का प्रहार गरेका बताइएको छ । गम्भीर घाइते अविलाशको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँलाई मुक्का प्रहार गर्ने धनिमानलाई पक्राउ गरिएको छ । रासस





