
नेपालगञ्ज । प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ । मंगलबार प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पुगेका जिल्लाहरूमा प्रहरी प्रमुख (एसपी) परिवर्तन गरेको हो ।
प्रधान कार्यालयका अनुसार बाँकेमा श्यामकृष्ण अधिकारी आउनुहुने भएको छ । यस्तै अजय केसीको अख्तियार, अनुपमशमशेर राणाको प्रहरी प्रशिक्षण प्रतिष्ठान सरूवा भएको छ ।
सरूवा अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठको सरूवा भएको छ । उहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत् हुनुहुन्थ्यो । मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीको सरूवा भएको छ ।
मोरङमा कार्यरत् सन्तोष खड्काको प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा सरूवा भएको छ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका रमेश थापाको कास्की सरूवा भएको छ । महेन्द्र श्रेष्ठको इलाम सरूवा भएको छ ।
को कहाँ हेर्नुहोस्
https://drive.google.com/file/d/1zmoSgZrWlbXLI458SXXTMz7okJJstaC-/view





