बाँकेका सुवास खड्कासंगै ५७ डिएसपीको सरूवा (सूचीसहित)

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरूवा गरेको छ । मंगलबार प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पुगेका काठमाडौंका वृत्तहरू, जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयका डिएसपीहरूको सरूवा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवाष खडका पनि सरुवा भएको छछ । महानगरीय प्रहरी वृत्त गौशालामा केशव भट्टराईको सरूवा भएको छ। यसैगरी, महानगरीय प्रहरी वृत्त बौद्धमा ढुण्डीराज न्यौपानेको सरूवा भएको छ।

दुबै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत् थिए । कीर्तिपुर वृत्तमा ठाकुरप्रसाद पोखरेलको सरूवा भएको छ। लैनचौर वृत्तमा दुर्गाप्रसाद दाहालको सरूवा भएको छ।

प्रमेश विष्टको महाराजगञ्ज वृत्त, भरत श्रेष्ठको सिंहदरबार वृत्त, मदन कुँवरको इलाका प्रहरी कार्यालय बुटवल, मिलन केसीको स्वयम्भु वृत्त, मीमबहादुर लामाको नयाँ बानेश्वर वृत्तमा सरूवा भएको छ।

दीपक श्रेष्ठको जिल्ला प्रहरी कार्यालय मोरङ, नवीन कार्कीको अख्तियार टंगाल, नरेन्द्र कुँवरको इलाका प्रहरी कार्यालय धरानमा सरूवा भएको छ। राजकुमार राईको जिल्ला प्रहरी कार्यालय भोजपुर सरूवा भएको छ।

उमेश लम्सालको जिल्ला प्रहरी कार्यालय खोटाङ, कृष्णबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय लमजुङ सरूवा भएको छ।

हेर्नुहोस् को कहाँ

https://drive.google.com/file/d/13suey2HGsy13tWh-VX-nDRcqUbY2UkO7/view

Previous article५२ प्रहरी उपरीक्षकको सरूवा, को कहाँ ?
Next articleस्रोत नखुलेको ४० लाखसहित सुनचाँदी व्यवसायी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here