
महोत्तरी । महोत्तरीको मटिहानी–जनकपुर सडक खण्डबाट रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साहलाई आज दिउँसो पक्राउ गरिएको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल( सञ्चालन गर्दै आउनुभएको छ ।
टीभीएस कम्पनीको अनटेस्ट मोटरसाइकमा चढेर मटिहानीबाट जनकपुर जाँदै गरेको युवक साहलाई मटिहानी नगरपालिका–९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका प्रमुख प्रहरी नायव निरीक्षक सुमन सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उहाँको साथबाट स्रोत नखुलेको रु ३९ लाख ८० बरामद भएको हो ।
साहलाई आवश्यक कारवाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । (रासस)





