कस्तो आम्दानीमा कति कर ? थाह पाईराख्नुस !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको पुरस्कारवापत पाउने ५ लाखसम्मको रकममा कर नलाग्ने भएको छ । आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ मा भएको व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि भएका व्यवस्थाबारे सार्वजनिक गरेको विवरण अनुसार पुरस्कारवापत भुक्तानी हुने ५ लाखसम्मको रकममा कुनै पनि प्रकारको कर लाग्ने छैन ।

विभागका अनुसार साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान प्रविधि तथा सार्वजनिक प्रशासनको क्षेत्रमा योगदान पु¥याएवापत प्राप्त हुने ५ लाखसम्मको पुरस्कारका कर कट्टी गर्नुपर्ने छैन । यस वर्ष पत्रपत्रिकामा लेख रचना छापिएपछि हुने भुक्तानीमा समेत कर काट्नु नपर्ने व्यवस्था गरिएको छ ।

कर छूट पाएको रकम भुक्तानीमा कर कट्टी हुने छैन । सहकारी बैंक तथा सहकारी संघसंस्थाले एक आपसमा ऋण लगानीवापत तिरेको करमा समेत कर काट्न नपर्ने व्यवस्था भएको छ । तर, आकस्मिक लाभमा भने २५ प्रतिशत कर कट्टी हुनेछ ।

https://drive.google.com/file/d/1KEFTWwVoHPSNVZKVUEPDxDFvhMh6iRfQ/view

Previous articleस्रोत नखुलेको ४० लाखसहित सुनचाँदी व्यवसायी पक्राउ
Next articleपेट्रोलियम पदार्थको फेरि मुल्य बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here