
नेपालगञ्ज । हालैको अबिरल बर्षा र बाढी पहिरोबाट ठुलो धनजनको क्षति हुन पुगेको सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढी पहिरोबाट पिडित बनेकालाई नेपाल निजामती कर्मचारी संगठनले दश लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ ।
बाढी पहिरोबाट घरबार बिहिन भएकालाई तत्काल आवास निर्माणमा सहयोगका लागि हेलम्बु गाउँपालिकाको किउलका बाढी पहिरो पीडितलाई संगठनको टोलीले जस्ता पाता र स्वास्थ्य सामग्री (हेल्थकिट) बितरण गरेको हो ।
राहत बितरण गर्न जानुअघि निजामती कर्मचारी संगठनको टोलीलाई शनिबार बिहान पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौंबाट बिदाई गर्नुभएको थियो ।
राहत बितरणमा पेशागत महासंघ, नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेल, नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरे सहितका पदाधिकारी र हेलुम्बु २ का वडाध्यक्ष छिरिङ ग्याल्बु लामा, अर्जुन भण्डारी लगायतले बाढीपीडितलाई राहत बितरण गर्नुभएको थियो ।





