मास्क नलगाउने सय बढिले तिरे जरिवाना

प्रहरीले मास्क लगाए/नलगाएको चेकजाँच गर्दै

बाँके । बाँकेमा मास्क नलगाई घर बाहिा निस्कनेहरुसंग प्रहरीले सय रुपैया तिराएको छ ।

मास्क नलगाई घर बाहिर निस्के कारवाही गरिने निर्देशन अनुसार बाँकेमा सर्वसाधारणलाई कारवाही गरिएको हो ।

यसरी आईतवार जिल्लाका बिभिन्न स्थानमा मास्क नै नलगाई घर बाहिर निस्किएका एक सय १८ जनासंग जरिवाना स्वरुप सय रुपैया तिराएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कारवाही गरिएकाहरुमा १८ जना महिला र सय जना पुरुष रहेका छन् । उनीहरुलाई गरिएको कारवाहीबाट एघारा हजार आठ सय रुपौयाँ जम्मा भएको छ ।

त्यस्तै मास्क नलागई घर बाहिर निस्किएका तर जरिवाना बुझाउन नसक्ने वा नसेका ३६ जनालाई भने सर्जिकल मास्क दिई सम्झाई बुझाई फिर्ता पठाईएको प्रहरीले जनाएको छ ।

बाँकेमा कोरोना संक्रमण दर घट्दै गएपछि बजारमा अस्वभाविक मान्छेको भीडभाड हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेकेले यसअघि सूचना जारी गरी सरकारद्धारा जारी बिभिन्न मितिका निर्देशनको बिपरित सामाजिक दुरी कायम नगर्ने, मास्क नै नलगाई घरबाहिर निस्कने, भिडभाड गर्ने प्रवृत्तिले कोभिड–१९ को जोखिम भयवाह हुने अवस्था बिद्यमान रहेकाले मास्क नलगाई निस्कनेलाई कारवाही गरिने जनाएको थियो ।

Previous articleघर फर्किनेहरुको संख्या बढ्दै जिल्लाका ३० जना मात्र आइशोलेशनमा
Next articleसीमा क्षेत्रबाट दुई सय ३५ बोतल कोरेक्स बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here