सीमा क्षेत्रबाट दुई सय ३५ बोतल कोरेक्स बरामद

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा लागुऔषध कोरेक्स बरामद भएको छ ।

शसस्त्र प्रहरीले वडा नं. ६ भज्जुपुर्वा गाउँ नजिकैबाट आइतबार राती साढे १० बजेको समयमा ८० हजार बराबरको कोरेक्स बरमद गरेको हो ।

सशस्त्र प्रहरी बल कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल भित्र्याई रहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक भण्डारीका अनुसार प्रहरीलाई देखेपछि बोरामा बोकिएको लागुऔषध फालेर तस्कर फरार भएका छन् ।

बरामद गरिएको २ सय ३५ बोतल लागुऔषध आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

Previous articleमास्क नलगाउने सय बढिले तिरे जरिवाना
Next articleनेपालीले किन्छन २५० रूपैयाँ केजी चामल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here