
नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आफनो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । अस्पतालले यही श्रावण १२ गते मनाउन लागेको स्थापना दिवसको अवसारमा शनिबार आयोजना गरेको कार्यक्रममा त्यहाँका डाक्टरहरुद्वारा रक्तदान गरिएको छ ।
रक्तदान कार्यक्रम संयोजक डा.उर्मिला पराजुलीले रक्त सञ्चार सेवा नेपालगन्जका प्राविधिक सुनिल थापा मगरलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण तथा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापा र डा.नबिन चन्द ठकुरीले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा रीमा राना, प्रचण्ड गौतम, शीलाशर्मा, प्रिती खडका, उर्मिला जैसी, विकास चौधरी, हबीब बेहना, डा.रामगोपाल तिवारी, देवीबहादुर भण्डारी, सलामुतद्दीन अली मियाँ, लक्ष्मी बडुवाल, डा. सञ्जय वर्मा, बद्री चापागाईं, लक्षमण चौधरी, डा.राजन महत, बिनोद बिक, पूजा बुढा थापा, गणेश लामिछाने, अनिल थापा, ज्योति शाही, समिक्षा भण्डारी, भावना श्रेष्ठ, सुशीला भण्डारी, पशुपति रावत, जगत बहादुर कुर्मी, आयुशी शाह, नानु कुवँर पाण्डे, चन्द्र प्रकाश साहू र दीपक गुप्ता लगायत ३१ जनाले रक्तदान गर्नुभएको छ ।
रक्तदान कार्यक्रममा डा.साकेत रिसाल लगायत भेरी अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी तथा अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो । रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापा मगर, एलिजा चौधरी, केशर सिंह डाँगीले लगायतले प्राविधिक सहयोग गर्नुभएको थियो ।
बि.सं. १९४७ सालमा पृथ्वी बीर अस्पताल डिसपेन्सरीको नाममा अस्पताल स्थापना भएको थियो । यही श्रावण १२ गते भेरी अस्पताल नेपालगन्जको स्थापना दिवस भएकोले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ ।






