
नेपालगञ्ज । गुरु पूर्णिमाका दिन योग समिति नेपालका संरक्षक एवं योग गुरुलाई सम्मान गरिएको छ । गुरु पुर्णिमाको शुभ अवसरमा शनिबार विहान डाक्टर गीरिराज भटराईलाई योग समितिका तर्फबाट शिष्यहरुले सम्मान पत्रसहित सम्मान गरेका हुन ।
योगाभ्यासका साथै सो अवसरमा आजीवन सदस्यता प्राप्त सदस्यलाई सदस्यता समेत वितरण गरिएको छ । भृकुटीनगर टोल विकास समितिद्धारा उमेरका आधारमा योग प्रशिक्षकलाई सम्मान गरिएको थियो ।
सो अवसरमा योग समितिका सल्लाहकार विश्वजीत तिवारी, राजन राना मगर, नन्दलाल वैश्य, योग समितिका आजीवन सदस्य निम बहादुर शाक्य र कार्यक्रम संयोजक मिना न्यौपानेले योग र गुरुपूर्णिमाको महत्वबारे बोल्नुभएको थियो ।





